Showing posts with label परिक्षा नतिजा. Show all posts
Showing posts with label परिक्षा नतिजा. Show all posts

निम्नमाध्यमिक तहको नेपाली विषयको पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रको नतिजा



निम्न माध्यमिक तर्फ स्थायी शिक्षकको लिखित परीक्षा अन्र्तगत  निम्नमाध्यमिक तहको नेपाली विषयको पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रको नतिजानतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत बुधबार देखि शुरु गरेको नतिजा सार्वजनिक गर्ने क्रममा सोमबार थप दुई विषयको नतिजा सार्वजनिक गरेको हो ।
Share:

निमाविको थप अन्य क्षेत्रको अंग्रेजी र नेपालीको नतिजा सार्वजनिक (नतिजा सहित)

निम्न माध्यमिक तर्फ स्थायी शिक्षकको लिखित परीक्षा अन्र्तगत मध्यमाञ्चलको अँग्रेजी र नेपालीको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत बुधबार देखि शुरु गरेको नतिजा सार्वजनिक गर्ने क्रममा सोमबारको गोरखापत्रमा थप दुई विषयको नतिजा सार्वजनिक गरेको हो ।
संविधान जारी गर्ने दिनमा खुसीयाली मनाउन सार्वजनिक विदा दिईए पनि आयोगका कर्मचारी नतिजा सार्वजनिक गर्ने काममा ब्यस्त भए । बुधबार सम्ममा निमाविको सबै नतिजा सार्वजनिक गर्ने गरी विदाका दिनमा पनि काम गरेको प्रवक्ता सुदर्शनल मरहठ्ठाले बताए ।
आयोगले आइतबारको गोरखापत्रमा मध्यमाञ्चल बाहेक सबै क्षेत्रको अँग्रेजी तथा सुदुर पश्चिमाञ्चलको नेपाली विषयको नतिजा सार्वजनिक गरेको थियो ।
Share:

निमावि अँग्रेजी र नेपालीको नतिजा सार्वजनिक (नतिजा सहित)

निम्न माध्यमिक तर्फ मध्यमाञ्चल बाहेक सबै क्षेत्रको अँग्रेजी तथा सुदुर पश्चिमाञ्चलको नेपाली विषयको स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत बुधबार देखि शुरु गरेको नतिजा सार्वजनिक गर्ने क्रममा आइतबारको गोरखापत्रमा दुई विषयको नतिजा सार्वजनिक गरेको हो ।
सुदुर पश्चिमाञ्चलको अँग्रेजी विषयको नतिजा शुक्रबार सार्वजनिक भई शनिवार गोरखापत्रमा प्रकाशित भएको थियो । समयमै नतिजा सार्वजनिक गर्न विदाको दिन पनि काम गरेको प्रवक्ता सुदर्शनल मरहठ्ठाले बताए  । संविधान जारी गर्ने खुसीयालीमा हुने सार्वजनिक विदाका कारण काममा केही प्रभाव पर्न सक्ने अनुमान भएपनि काममा कुनै कमी नआउने आयोगको भनाई छ ।
Share:

निमावि शिक्षकको अंग्रेजीको पनि परिक्षा नतिजा प्रकाशन सुरु (प्रकाशित नतिजा सहित)

स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा शिक्षक सेवा आयोगले शनिवार थप दुई विषयको नतिजा सार्वजनिक गरेको छ ।
शनिवार गोरखापत्रमा मध्यमाञ्लको गणित र सुदुर पश्चिमाञ्चलको अँग्रेजी विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
अबको क्रममा निमाविको ४ क्षेत्रको अँग्रेजी विषयको नतिजा सार्वजनिक गर्ने आगोगको तयारी छ । बाँकी विषय मध्ये नेपाली र सामाजिकको नतिजा प्रकाशनका लागि आयोगलाई अलिक धेरै समय लाग्ने देखिएको छ । नेपालीको ३६ हजार धेरै रहेकाले समय लाग्ने देखिएको हो ।
Share:

निमाविको गणित सहित अन्यको परिक्षा नतिजा प्रकाशित (नतिजा सहित)

स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको परीक्षा अन्र्तगत निम्न माध्यमिक तर्फ बाँकी केही विषयको नतिजा सार्वजनिक गरेको छ । बिहीबार आयोगले पाँचै विकास क्षेत्रका गणित विज्ञानको नतिजा सार्वजनिक गरेको छ ।
यसैगरी मध्यमाञ्चल बाहेकको गणितको तथा मध्यमाञ्चल र पश्चिमाञ्चलका लागि मात्रै रहेको संस्कृत ब्याकरणको नतिजा पनि सार्वजनिक भएको छ । आयोगले बुधबार विज्ञानबाट नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो ।
बुधबार बाँकी रहेको मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रको विज्ञान विषय मध्ये शुक्रबार गोरखापत्रमा मध्यमाञ्चलको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
Share:

निमाविको नतिजा प्रकाशन शुरु (नतिजा सहित)

स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको परीक्षा अन्र्तगत  निम्न माध्यामिक विद्यालय तर्फको नतिजा सार्वजनिक हुने क्रम शुरु भएको छ । बुधबार विज्ञान विषयको नतिजा सार्वजनिक गरेर आयोगले निमाविको नतिजा प्रकाशन गर्ने क्रम शुरु गरेको हो । मध्यमाञ्चल र पश्चिमाञ्चल बाहेकका सबै क्षेत्रको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको स्थायीको नतिजा  मध्ये माविको नतिजा दुई महिना भित्रै सार्वजनिक गरिएको  थियो । माविको नतिजा गत भदौ १६ गते बाट प्रकाशन शुरु भएको थियो ।
Share:

मावि स्थायी शिक्षकको थप नतिजा आजको गोरखापत्रमा सार्वजनिक (पूर्ण नतिजा सहित)

शिक्षक सेवा आयोगले मध्य पश्चिमाञ्चल क्षेत्रको विज्ञान विषय बाहेक माध्यामिक तहको स्थायी शिक्षकको सम्पूर्ण विषयमा लिखित नतिजा सार्वजनिक गरेको छ ।

आइतबार गोरखापत्रमा प्रकाशित नतिजा अनुसार लिखित परीक्षा अन्तर्गत गणित र विज्ञान तथा पूर्वाञ्चल क्षेत्रको महिला समूहको स्वास्थ्य शारीरिक, मध्यमाञ्चल क्षेत्र वाहेक अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।

बाँकी रहेको मध्य पश्चिमाञ्चल क्षेत्रको विज्ञान विषयको नतिजा आईतबार सार्वजनिक गरी सोमबार गोरखापत्रमा प्रकाशित गर्ने गरी काम भईरहेको आयोगले जनाएको छ । 

Share:

स्थायी शिक्षकको माध्यामिक तर्फ बाँकी विषयको नतिजा सार्वजनिक(नतिजा सहित)

शिक्षक सेवा आयोगले माध्यामिक तर्फ पाँचै विकास क्षेत्रको सामाजिक तथा मध्यमाञ्चलको नेपाली अँगे्रजी र अर्थशास्त्र तर्फको नतिजा सार्वजनिक गरेको छ । बुधबारबाट शुरु भएको नतिजा सार्वजनिक गर्ने क्रम अन्तर्गत बिहीबार थप विषयको नतिजा सार्वजनिक गरिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।

Share:

स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक (पूर्ण नतिजा सहित)

 शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षकको लिखित परीक्षा अन्र्तगत माध्यमिक तर्फको केही विषयको परीक्षाफल प्रकाशित गरेको छ । स्वास्थ्य, जनसंख्या तथा वातावरण, लेखा, अर्थशास्त्र, कम्प्युटर, स्वास्थ्य शारिरिकको नतिजा सार्वजनिक गरेको हो । यस्तै संस्कृत तर्फ साहित्य, ब्याकरण, शिक्षा र भाषाको नतिजा पनि प्रकाशन गरेको आयोगले जनाएको छ । नेपाली र अर्थशास्त्र विषयमा मध्यमाञ्चल बाहेकका क्षेत्रको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ । 

माविको बाँकी रहेका विषयको नतिजा एवं निमावि तहको परीक्षाफल अब, क्रमैसंग प्रकाशित गर्दै जाने आयोगको तयारी रहेको प्रशाशकीय अधिकृत लक्ष्मीराम पौडेलले बताए ।
Share:

बिद्यालय निरीक्षकको परिक्षा नतिजा प्रकाशित (नामावली सहित)

लोकसेवा आयोगले गत बर्ष लिएको विद्यालय निरिक्षकको परिक्षाको नतिजा प्रकाशित गरेको छ । २१ जना मागिएको दरबन्दीमा ३ हजार ५ सय ९७ ले परिक्षामा भाग लिएका थिए । जसमामा लोकसेवा आयोगले ४१ जनाको नाम प्रकाशित गरेको छ ।


Share:

शाखा अधिकृतको परीक्षाफल प्रकाशित (उत्तीर्णको सूचि सहित)

लोकसेवा आयोगले शुक्रबार शाखा अधिकृतको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद समूहतर्फ शाखा अधिकृतको परीक्षाफल प्रकाशित गरेको हो।
 २०७१ चैत महिनामा सञ्चालन गरेको राजपत्राङ्कित तृतीय श्रेणीको परीक्षाफल भूकम्पका कारण ढिला गरी प्रकाशित भएको हो।  

उतीर्णको सूचि हेर्न तलको लिङ्कमा क्लिक गर्नोस् 



 शाखा अधिकृत परिक्षाफल



Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages