Showing posts with label लोकसेवा सहयोगी सामाग्री. Show all posts
Showing posts with label लोकसेवा सहयोगी सामाग्री. Show all posts

केही विषयगत लाेकसेवा सामग्री

लोकसेवा सहयोगी सामग्री

१. लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका कस्तो हुनुपर्दछ ? उल्लेख गर्नुहोस्
जनताका प्रतिनिधिद्वारा शासन चलाइने व्यवस्था लोकतन्त्र हो राजनीतिक दल जनताका प्रतिनिधिहरू पनि हुन् लोकतन्त्रमा राजनीतिक दलले शासन व्यवस्था चलाउने भएकाले लोकतन्त्रमा यिनको भूमिका बहुआयामिक हुनुपर्दछ जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :
जनताको प्रतिनिधि भई जनहितका कार्यहरू गर्ने,
जनचाहनाअनुरूप ऐन नियम बनाउने र बनेका ऐन नियमको पूर्ण पालन गर्ने, ऐन नियम कार्यान्वयन गर्न सहयोग गर्ने,
जननिर्वाचित भएर मुलुकको समग्र शासन व्यवस्थाको नेतृत्व गर्ने,
देश र जनताप्रति गरेको प्रतिबद्धता पूरा गर्ने,
लोकतन्त्र र मानवअधिकारको संरक्षण एवम् प्रवद्र्धन गर्ने,
दलगत र व्यक्तिगत स्वार्थमा नभई राष्ट्रिय स्वार्थमा कार्य गर्ने,
शान्ति सुरक्षा, स्थिरता, विकास, कानुनी शासन स्थापना गरी मुलुकमा सुशासन कायम गर्ने,
समग्रमा लोकतन्त्रको स्थापना गर्नेदेखि लोकतन्त्रको सुदृढीकरण गर्नेसम्मको सबै काम गर्ने
२. नेपालमा खेतीयोग्य जमिनको उत्पादकत्व घट्नुको कारणहरू के–के हुन् ? उल्लेख गर्नुहोस्
करिब ७८ प्रतिशत जनता कृषिमा आश्रित तथा कुल गार्हस्थ उत्पादनमा करिब ३३ प्रतिशत हिस्सा ओगटेको कृषि क्षेत्र नेपालमा एकातर्फ भौगोलिक विकटता, बसाइँ–सराइ, बढ्दो सहरीकरण आदिले खेतियोग्य जमिन घट्दै गएको छ भने अर्कोतर्फ भएको खेतियोग्य जमिनको उत्पादकत्व पनि घटिरहेको छ यसरी खेतियोग्य जमिनको उत्पदकत्व घट्नुका विभिन्न कारण छन्, जुन निम्न छन्
कृषकहरूमा खेती गर्ने आधुनिक उन्नत तरिकाको ज्ञान नहुनु,
खेतियोग्य जमिनमा सिँचाइ सुविधा नहुनु,
उन्नत बीउविजन एवम् रासायनिक मलको अभाव हुनु,
खेतियोग्य जमिनको पूर्ण उपयोग नहुनु,
कृषि सडक सञ्जालको विकास नहुनु,
कृषिमा व्यावसायीकरण हुन नसक्नु,
कृषि क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुनु,
व्यावसायिक कृषि विकासका लागि निजी क्षेत्रको लगानी आकर्षित नहुनु,
दीर्घकालीन कृषि योजनाले अपेक्षा गरेअनुसार कृषि क्षेत्रमा लगानी बढ्न नसक्नु
३. नेपालको पर्यटन उद्योगलाई प्रभावकारी बनाउने उपायहरू लेख्नुहोस्
पर्यटन विदेशी मुद्रा आर्जनको स्रोत हो रोजगारीको प्रमुख आधार क्षेत्र हो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहने पर्यटन उद्योगले नेपाललाई अन्तर्राष्ट्रिय सम्पर्कमा वृद्धि गराउनसमेत सहयोग गर्दछ मनोरम प्राकृतिक सौन्दर्य, अतुलनीय साँस्कृतिक सम्पदा एवम् अनगिन्ती विशिष्टताका पर्यटकीय स्थलहरू रहेको नेपालको पर्यटन उद्योगलाई प्रभावकारी बनाउने उपायहरू निम्न छन् :
सङ्ख्यात्मकको साथै गुणात्मक पर्यटनमा पनि जोड दिई पर्यटकहरूको सुरक्षाको प्रत्याभूति दिने,
नयाँ पर्यटकीय स्थलहरूको पहिचान गर्ने,
हवाई सेवालाई भरपर्दो, नियमित एवम् सुरक्षित बनाउँदै यसको क्षेत्र विस्तार गर्ने,
पर्यटन सेवा केन्द्रहरूको विस्तार गर्ने,
होटल रेस्टुराँहरूको सङ्ख्या बढाउने, होटल सेवाको नियमित अनुगमन गर्ने,
वातावरण प्रदूषणमा नियन्त्रण र सरसफाइमा जोड दिने,
कला, संस्कृतिको विकास एवम् सम्वद्र्धनमा जोड दिने,
नेपालका पर्यटकीय क्षेत्रहरूको अन्तर्राष्ट्रिय जगत्मा व्यापक प्रचार–प्रसार गर्ने,
पर्यटकहरूमाथि हुने शोषण र ठगीलाई निर्मूल गरिनुपर्ने,
पर्यटनसम्बन्धी तालिम प्राप्त जनशक्ति उत्पादन गर्नुपर्ने,
पर्यटन पूर्वाधार र पर्यटन बजार व्यवस्थित गर्नुपर्ने,
आन्तरिक पर्यटनलाई बढावा गर्ने,
शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने,
राजनीतिक कारणले हुने बन्द–हडताल, चक्काजाम, चन्दा, अस्थिरता आदिको अन्त्य गर्ने,
लगानीको वातावरण तयार गरी यस क्षेत्रमा स्वदेशी र विदेशी लगानी अभिवृद्धि गर्ने
४. अन्तःशुल्क प्रशासनमा सुधारका क्षेत्रहरू के–के हुन् ?
उत्पादनमा लाग्ने कर अन्तःशुल्क हो यो स्वदेशभित्र आन्तरिक उत्पादनमा लाग्छ स्वदेशमा अन्तःशुल्क लाग्ने वस्तु विदेशबाट आयात गरेमा त्यस्ता वस्तुमा भन्सार कार्यालयमा अन्तःशुल्क लाग्छ वस्तु सेवा दुवैमा लाग्ने यो कर नेपालको परम्परागत राजस्व हो नेपालको राजस्व प्रशासन खासगरी आयकर, मूल्य अभिवृद्धि कर र भन्सार आधुनिक राजस्व प्रशासनमा रूपान्तरण हुन थाले पनि अन्तःशुल्क प्रशासन पुरानै ढाँचामा सञ्चालित छ अन्तःशुल्क प्रशासनका कार्यमा कम्प्युटर प्रणाली अवलम्बन गर्न नसकिएको, अन्तःशुल्कको दर र क्षेत्रमा स्थिरता ल्याउन नसकिएको, सङ्गठन संरचनामा सुदृढीकरण गर्न नसकिएको अवस्था छ त्यसैले अन्तःशुल्कमा सुधारका पक्ष यिनै हुन सक्छन् जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :
अन्तःशुल्कको दर र क्षेत्रमा स्थिरता ल्याउने,
अन्तःशुल्क प्रशासनको सुदृढीकरण गर्ने,
आन्तरिक राजस्वको आधार फराकिलो बनाउन अन्तःशुल्कको प्रयोग गर्ने,
भौतिक नियन्त्रण प्रणालीलाई स्वयम् निष्कासन प्रणालीमा रूपान्तरण गर्ने,
अन्तःशुल्कमार्फत स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धन गर्ने,
नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएकाले घट्दो भन्सार राजस्वको स्थान पूर्ति गर्नसमेत यसको प्रयोग गर्नुपर्ने देखिन्छ अतः यसको व्यवस्थित परिचालन आवश्यक यसका लागि अन्तःशुल्कको दर क्षेत्रमा स्थिरता ल्याउँदै साङ्गठनिक प्रणालीमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ

Share:

सामान्य बौद्धिक परीक्षण

१. दिएको अनुक्रम-Series मा प्रश्न चिनह (?) भएको ठाँउमा कुन विकल्प ठीक हुन्छ ? (In the given series, what number should be in the place of (?) mark?)
120, 99, 80, 63, 48,?
(A) 35 (B) 38 (C) 39 (D) 40
२. दिएको Analogy मा (? ) चिन्ह लाई विस्थापन गर्ने उपयुक्त विकल्प छनौट गर्नुहोस । (Find out the alternative which will replace the question mark?).
नदी : किनार :: समुन्द्र : ?
(A) बालुवा (B) छाल (C) तट (D) तरंग
३. प्रश्न चिन्हलाई प्रतिस्थापन गर्न सक्ने उपयसक्त विकल्प छनौट गर्नुहोस । (Find out the alternative which will replace the question mark)
8: 24:: ? : 32
(A) 5 (B) 6 (C) 10 (D) 8
४. तलको मध्ये कुन विकल्पले प्रश्न चिन्हलाई प्रतिस्थापन गर्न सक्छ ?
– Which number replaces the question mark?
 
(A) 7 (B) 8 (C) 9 (D) 10
५. REASON लाई कुनै कोड भाषामा SFBTPO लेखिन्छ भने THINK लाई के लेखिन्छ ? (In any coded language REASON is written as SFBTPO. Then what will written for THINK)
(A) SGHMJ (B) UIJOL (C) UHNKI (D) UJKPM
६. खाली ठाउँमा कुन चाहिँ विकल्प उपयुक्त हुन्छ ?
(Find out the alternative which alternative will fill the space of question mark)
(A) 41 (B) 64 (C) 35 (D) 61
७. प्रश्नचिन्ह (?) भएको ठाउँलाई प्रतिस्थापन गर्ने उपयुक्त अंक छान्नुहोस् । (Find out the number that will replace the place of question mark)
(A) 5 (B) 6 (C) 7 (D) 8
८. तल दिइएका चित्रहरूमध्ये एउटा अरुभन्दा फरक छ । तर अरु सबै समान छन् । उक्त फरक चित्र कुन चाहिँ हो ? पत्ता लगाउनुहोस् । ( In the following figure one is different from other find out the different figure)
(A) 1 (B) 2 (C) 3 (D) 4
९. तलको कुन भेन चित्रले अग्लो मानिस (Tall man), कालो कपाल भएका मानिस(Black haired people) र नेपाली (Nepalese) बीचको सम्बन्धलाई देखाउँछ ? (Which of the following diagrams indicates the best relation between Tall man, Black haired people and Nepalese?)
१०. दिइएको चित्र मेट्रिक्स पूरा गर्नुहोस् ।
– Select a suitable figure from the four alternatives that would complete the figure matrix.)
(A)1 (B)2 (C)3 (D)4
११. तलका कुन–कुन चित्रलाइ मिलाउदा पूर्ण वर्ग (complete square) बन्दछ ? (Select the alternative which would form a complete square.)
(A)123 (B)234 (C)124 (D)245
१२. एउटा चिडियाखानामा केही मृग र सुगा रहेका छन । उनीहरूको टाउको गन्दा 80 पुग्छ र खुटा गन्दा 200 पुग्छ भनेजम्मा कति वटा सुगा रहेछन् ? (There are deer and peacocks in a zoo. By counting heads they are 80. The number of their legs is 200. How many peacocks are there?)
(A) 20 (B)30 (C)50 (D) 60
१३. व्यापारिक सम्मेलनको अन्त्यमा 10 जना मानिसले एक आपसमा हात मिलाउदा जम्मा कतिपटक हात मिलाईन्छ ? (At the end of a business conference the ten people present all shake hands with each other once. How many handshakes will there be altogether?)
(A) 20 (B) 45 (C) 55 (D)90
१४. मान पत्ता लगाउनुहोस् (Evaluate) :
(A) 2 (B) 4 (C) 6 (D) 8
१५. एउटा मानिसले रु. 1400 मा किनेको एउटा साइकल 15% घाटा खाएर बेच्यो भने त्यो साइकलको विक्रय मुल्य कति हो ? ( A man buys a cycle for Rs. 1400 and sells it at a loss of 15%. What is the selling price of the cycle?)
(A) Rs. 1090 (B)Rs. 1160 (C)Rs. 1190 (D) Rs. 1202
१६. A / B ले एउटा काम 7 दिनमा गरि सक्छन् । B भन्दा A ले □(1 3/4) गुणा काम छिटो गर्न सक्छ । उक्त काम A एकलैले कति दिनमा गरि सक्छ ? (A and B complete a work in 7 days, If B can finish the work in□(1 3/4) Than A. in how many days A only will complete the work ?)
१७. सन् २०१८ जनवरी १ मा के बार पर्छ ? (Which days of week will be in 2018 January 1)
(A) Sunday (B) Monday (C) Friday (D) Wednesday
१८. एउटा डाइसका विभिन्न चार अवस्थाहरू दिएको छ । घ को विपरितमा कति अंक हुन्छ ? -Four positions of deice are given. Find out which number lies in opposite of 3? 
(A) 6 (B) 4 (C) 3 (D) 2
19. एउटा विद्यार्थीले उसका सुरुका चारवटा परिक्षामा औसत N अंक प्राप्त गर्‍यो । यदि उसले पाँचौ परीक्षामा पहिलाको औसत भन्दा 20 अंक बढायो भने सबै (पाँचैवटा) परिक्षाको औसत अंक कति हो ? ( A student secures N marks in first 4 subjects. If he increase his average marks by 20 in next subject. Find out average of all five subjects. )
(A) N + 20 (B) N + 10 (C) N + 4 (D) N + 5
20. राजु र प्रतिकको उमेरको अनुपात 3:5 छ । तिनीहरूको उमेरको योग 80 वर्ष छ । 10 वर्ष पछि तिनीहरूको उमेरको अनुपात कति हुन्छ ? (The ratio of age of Raju and Prateek is 3:5. The sum of their age is 80 years. After 10 years what will be the ratio of their age?)
2:3 (B) 1:2 (C) 3:2 (D) 3:5
२१. चित्र -X) मा जस्तै थोप्लाहरू कुन चित्रमा राख्न सकिन्छ ? (Select the figure which satisfies the same conditions of placement of the dots as in Figure-X.)
(A) 1 (B) 2 (C) 3 (D) 4
२२. AABABCABCDABCDE …………. को 100 औं अक्षर के हुन्छ ? (In Sequence AABABCABCDABCDE… which letter occupies 100th position?)
(A) M (B) N (C) K (D) I
२३. एकजना मानिस 5 किलोमिटर दक्षिण तर्फ जान्छ र दाइने फर्कन्छ । त्यसपछि उ 3 किलोमिटर अगाडी बढेर देव्रे तर्फ फर्किन्छ र 5 किलोमिटर अगाडी जान्छ । भने अव उ सुरु विन्दुबाट कुन दिशातर्फ छ ? – A man walks 5 km toward south and then turns to the right. After walking 3 km he turns to the left and walks 5 km. Now in which direction is he from the starting place?)
(A) West (B) South (C) North-East (D) South
२४. दिएको चित्र -X_ मा रहेको आकार पुरा गर्ने विकल्प छनौट गनुहोस् । – Identify the figure that completes the pattern)
(A) 1 (B) 2 (C) 3 (D) 4
२५. कुनै कक्षामा 50 जनाविद्यार्थीहरुले निम्नलिखित अंकपाएका छन् । उक्त तथ्यांकबाट औसत निकाल्नुहोस् ।  (In iny class 50 students secured following marks. Find out average.)
(A) 20.2 (B) 25.2 (C) 30.2 (D) 35.2

उत्तर कुन्जिका

साभार प्रशासन
Share:

वि.सं. ९३६ देखि २०७० सम्मका महत्वपूर्ण तिथि मितिहरु हेर्नुहाेस सजिलाे संग याद गर्नुहाेस्

➤ ९३६ – नेपाल संवतको सुरुवात
➤ १३१७ – अरनिको चिन गएको
➤ १६१६ – द्रव्यशाहद्वारा गोरखा राज्य स्थापना (भाद्र २५)
➤ १६९३ – कृष्ण मन्दिरको निर्माण
➤ १७२७ – रानी पोखरीको निर्माण
➤ १७७९ – पृथ्वीनारायण शाहको जन्म (पौष २७)
➤ १८०१ – नुवाकोट विजय (असोज १५)
➤ १८१४ – कीर्तिपुरमाथि प्रथम आक्रमण
➤ १८२२ – कीर्तिपुर विजय
➤ १८२५ – कान्तिपुर विजयी (असोज १) 
➤ १८२५ - ललितपुर विजयी (असोज २४)
➤ १८२६ – भक्तपुर विजय (मंसिर १)
➤ १८४६ – नेपाल तिब्बत प्रथम सन्धि
➤ १८७२ – सुगौली सन्धि (१८१६ मार्च ३)
➤ १९०३ – कोतपर्व (असोज २)
➤ १९०३ – भण्डारखाल पर्व (कार्तिक १२)
➤ १९०६ – जंगबहादुरको युरोप यात्रा
➤ १९०८ – छापाखानाको प्रारम्भ (पौष ७)
➤ १९१० – मुलुकी ऐन घोषणा, दरबार हाइस्कुलको स्थापना
➤ १९११ – नेपाल-तिब्बत युद्ध प्रारम्भ
➤ १९१७ – नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर)
➤ १९४४ – चिठ्ठीमा टिकट टाँस्ने चलन (असार१४)
➤ १९४७ – वीर अस्पतालको निर्माण (साउन१२)
➤ १९५८ – गोर्खापत्रको प्रकाशन (वैशाख २४)
➤ १९६८ – अमाली प्रथा खारेज, बिजुली, जनगणना
➤ १९७५ – त्रिचन्द्र कलेजको स्थापना
➤ १९७७ – सती प्रथा उन्मूलन, मकै पर्व
➤ १९८१ – दास प्रथाको अन्त्त्य
➤ १९८९ – चिडियाखानाको स्थापना
➤ १९९० – महाभूकम्प
➤ १९९० – SLC बोर्डको स्थापना (कार्तिक१६)
➤ १९९७ – प्रजापरिषद् काण्ड, ४जना सहिद
➤ २००२ – कागजी नोटको प्रचलन (असोज १)
➤ २००६ – काठमाडौं गौचरमा प्लेन उत्रेको(बैशाख ११)
➤ २००७ – नेपाल भारत बीच सन् १९५० शान्ति र मैत्री सन्धि (साउन २६)
➤ २००७ – प्रजातन्त्र घोषणा (फागुन ७)
➤ २००७ – रेडियो नेपालको स्थापना (चैत्र ७)
➤ २००८ – राजपत्रको प्रकाशन (साउन २२)
➤ २०१४ – डा. के.आई सिंह प्रधानमन्त्री नियुक्त
➤ २०१५ – नेपाल वायुसेवा निगमको स्थापना(असार १७)
➤ २०१६ – त्रि.वि. को स्थापना
➤ २०१७ – गोरखापत्रलाई दैनिक पारिएको(फागुन ७)
➤ २०१८ – नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन
➤ २०१८ – धरहरा प्रवेश निषेध
➤ २०१९ – पूर्व-पश्चिम राजमार्गको शिलान्यास (वैशाख १)
➤ २०१९ – नेपालको संविधान लागू
➤ २०१९ – सरकारबाट राष्ट्रिय चिन्ह घोषणा (असार २७)
➤ २०२० – नयाँ मुलुकी ऐन लागू (भाद्र १)
➤ २०२१ – सरकारी कामकाज नेपाली भाषामा हुनुपर्ने व्यवस्था (वैशाख १२)
➤ २०२१ – भूमिसुधार कार्यक्रमको प्रारम्भ(पौष १)
➤ २०२९ – ४ विकास क्षेत्रमा विभाजन (असार१३)
➤ २०३० – सिंह दरबारमा आगलागी (असार २५)
➤ २०३१ – श्री ५ वीरेन्द्रद्वारा नेपाललाई शान्ति क्षेत्र घोषित गर्न प्रस्ताव पेश
➤ २०३४ – नेपालमा विफर उन्मुलनको घोषणा(वैशाख १)
➤ २०३६ – जनमत संग्रह घोषणा (जेठ १०)
➤ २०३७ – जनमत संग्रह सम्पन्न (वैशाख २०)
➤ २०३७ – नेपाललाई ५ विकास क्षेत्रमा विभाजन (असोज २६)
➤ २०३८ – बालिग मताधिकारका आधारमा आमनिर्वाचन (वैशाख २६)
➤ २०३८ – घण्टाघरमा आगलागी
➤ २०४१ – नेपाल टेलिभिजनको स्थापना (माघ १७)
➤ २०४२ – पञ्चायती व्यवस्थामा दोस्रो आम निर्वाचन (वैशाख २९)
➤ २०४५ – UNO हाभियर पेरेज द कोययारको नेपाल भ्रमण (फागुन २३)
➤ २०४६ – संयुक्त जनआन्दोलनका लागि वाममोर्चाको गठन (माघ २)
➤ २०४६ – बहुदलीय व्यवस्थालाई मान्यता प्रदान (चैत्र २६)
➤ २०४७ – कृष्णप्रसाद भट्टराईको मन्त्रीमण्डल गठन(वैशाख ६)
➤ २०४७ – संविधान, २०४७ को घोषणा (कार्तिक २३)
➤ २०५१ – प्रतिनिधिसभाको लागि दोस्रो आमनिर्वाचन (कार्तिक २९)
➤ २०५१ – नेपालको पहिलो वामपन्थी मन्त्रीमण्डल गठन (मंसिर १३)
➤ २०५२ – माओवादीद्वारा सशस्त्र युद्धको सुरुवात (फागुन १)
➤ २०५३ – महाकाली सन्धि पारित (असोज ४)
➤ २०५६ – तेस्रो संसदीय आमनिर्वाचन(वैशाख २० र जेठ ३)
➤ २०५८ – नारायणहिटी काण्ड (जेठ १९)
➤ २०५८ – संकटकालको घोषणा (मंसिर ११)
➤ २०५९ – ज्ञानेन्द्रबाट प्रतिनिधिसभा विघटन (जेठ ८)
➤ २०५९ – गोरखापत्रको रंगिन प्रकाशन सुरु(असार १०)
➤ २०६१ – धरहरा प्रवेश खुल्ला (माघ १)
➤ २०६१ – शाही घोषणा
➤ २०६२ – दिल्लीमा १२बुँदे समझदारी (मंसिर७)
➤ २०६२ – लोकतान्त्रिक आन्दोलनको सुरुवात(चैत्र २४)
➤ २०६३ – संसदको पुनःस्थापना (वैशाख ११)
➤ २०६३ – नेपाल सरकार, नेपाली सेना बनाउने निर्णय(जेठ ४)
➤ २०६३ – २१ जनालाई सहिद घोषणा (जेठ २१)
➤ २०६३ – महानगरीय प्रहरीको व्यवस्था (मंसिर १)
➤ २०६३ – बृहत शान्ति सम्झौता सम्पन्न (मंसिर५)
➤ २०६३ – सेनाको व्यवस्थापन सम्झौतामा हस्ताक्षर (मंसिर २२)
➤ २०६३ – नयाँ निशान छाप प्रचलनमा (पुस १५)
➤ २०६३ – नेपालको अन्तरिम संविधान जारी (माघ १)
➤ २०६४ – नयाँ राष्ट्रिय गान सार्वजनिक (साउन १८)
➤ २०६५ – राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा (जेठ १५)
➤ २०६५ – ज्ञानेन्द्र नारायणहिटी दरबारबाट वहिर्गमन (जेठ २९)
➤ २०६५ – नारायणहिटी दरबारमा झण्डोत्तोलन (असार १)
➤ २०६५ – परमानन्द झा उपराष्ट्रपतिमा निर्वाचित (साउन ४)
➤ २०६५ – डा.रामवरण यादव राष्ट्रपतिमा निर्वाचित (साउन ६)
➤ २०६५ – पुष्पकमल दाहाल प्रममा निर्वाचित (साउन ३१)
➤ २०६५ – नेपाल सम्वतलाई राष्ट्रिय मान्यता(कार्तिक ८)
➤ २०६५ – प्रसुती सेवा निःशुल्क घोषणा (माघ१)
➤ २०६५ – नारायणहिटी सर्वसाधारणका लागि खुल्ला (फागुन १५)
➤ २०६६ – अंग्रेजी भाषाको नागरिकता वितरण (मंसिर १)
➤ २०६६ – कालापत्थरमा बैठक सम्पन्न (मंसिर १९)
➤ २०६६ – गिरिजा प्रसाद कोइरालाको निधन (चैत्र ७)
➤ २०६७ – फोटो सहितको मतदाता नामावली (भदौ २८)
➤ २०६७ – जिन बैंकको सञ्चालन (असोज २१)
➤ २०६७ – कृष्णप्रसाद भट्टराईको निधन (फागुन २०)
➤ २०६८ – सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध (साउन २२)
➤ २०६८ – नेपाल भारतबीच बिप्पा सम्झौता (कार्तिक ४)
➤ २०६८ – नेपाल भारत बीच DTAA सम्झौता (मंसिर ११)
➤ २०६९ – खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष (चैत्र १)
➤ २०७० – सरकारद्वारा कमलरी मुक्त घोषणा (साउन १)
➤ २०७० – ५ विकास क्षेत्रमा अदुअआ क्षेत्रीय कार्यालय स्थापना (असोज १)
➤ २०७० – सुशील कोइराला प्रधानमन्त्री पदमा निर्वाचित (माघ २७)

Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages