Showing posts with label लोकसेवा सहयोगी बस्तुगत. Show all posts
Showing posts with label लोकसेवा सहयोगी बस्तुगत. Show all posts

मिति २०८० पुष १८ गते बुधबार गोरखापत्र दैनिकमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत सामग्री

 


१. नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ मा नेपाल आएका पर्यटकको सङ्ख्या कति रहेको छ ?

१० लाख १५ हजार ८७६

यो आगमन सन् २०२२ को तुलनामा चार लाख ७२८ ले बढी हो । सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । 

सबैभन्दा धेरै पर्यटक भारतबाट आएका थिए । नेपालले हवाईमार्गबाट आउने भारतीय नागरिकलाई मात्र पर्यटक गणना गर्दै आएको छ ।

नेपालको पर्यटन इतिहासमा १० लाखमाथि पर्यटक आगमन भएको यो तेस्रो वर्ष हो । यसअघि सन् २०१८ र २०१९ मा १० लाखभन्दा धेरै पर्यटक भित्रिएका थिए । 

पर्यटक आगमनका हिसाबले प्रमुख पाँच राष्ट्र क्रमशः भारत, अमेरिका, चीन, बेलायत र अस्ट्रेलिया हुन् ।

सरकारले सन् २०११ मा भ्रमण वर्ष मनाउने क्रममा वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सन् २०२० मा अर्को भ्रमण वर्षको सन्दर्भमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भए पनि सो वर्षबाट सुरु भएको कोरोना महामारीका कारण लगातार तीन वर्ष पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बन्न पुगेको छ । 

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सन् २०२३ मा १० लाख पर्यटक आगमन पु¥याउने घोषणा गरेकोमा सो लक्ष्य पूरा हुन पुगेको हो । 


२. चितवनको सौराहामा सञ्चालित हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत हात्ती सौन्दर्य प्रतियोगिताको उपाधि कसले जित्यो ? 

सेल्फीकली (विसं २०८० पुस १०–१४, सौराहा, चितवन)

राइनो लज एन्ड होटलका सञ्चालक रामकुमार अर्यालको सेल्फीकलीले ३९४ अङ्क ल्याई उपाधि जितेको हो । 

प्रतियोगितामा ३९३ नम्बरसहित चितवन राष्ट्रिय निकुञ्जको रिमझिमकली द्वितीय र ३५६ अङ्कसहित युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध समृद्धिकली तृतीय भए । 

निकुञ्जका ३० र सौराहाका व्यवसायीहरूले पालेका सात हात्तीका बिच प्रतिस्पर्धा भएको थियो । 

प्रतियोगितामा सहभागी हात्तीहरूको आनिबानी, चिल्लोपना, अनुशासन, शारीरिक बनावट, हिँडाइ, नङहरूको विकास र व्यवस्थापन, चहकिलोपन जस्ता विषयका आधारमा अङ्क प्रदान गरिएको थियो । 

यस पटकको हात्ती महोत्सवमा हात्तीको शृङ्गार, हात्ती वनभोज जस्ता कार्यक्रम राखिएको थियो । 

कोरोना भाइरसको सङ्क्रमणपश्चात् रोकिएको हात्ती महोत्सव चार वर्षपछि भएको हो । 


३. विसं २०८० पुसमा सम्पन्न पहिलो संस्करणको प्रो–क्लब टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? 

नेपाल पुलिस क्लब (उपविजेता : पर्सा क्लब–११)


४. नेपाल सुपर लिग (एनएसएल)–२०८० को उपाधि जित्ने टिम कुन हो ? 

ललितपुर सिटी एफसी (उपविजेता ः धनगढी एफसी)

विसं २०८० पुस १४ मा सम्पन्न फाइनलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ ले हराउँदै उपाधि जितेको हो । 

जितसँगै ललितपुरले ७० लाख रुपियाँ प्राप्त ग¥यो भने धनगढीले २० लाख रुपियाँ प्राप्त गरेको छ । 

ललितपुर सिटी एफसीलाई च्याम्पियन बनाएका कप्तान तथा मार्की अनन्त तामाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भयो । 


५. देशकै जेठो त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सर्वाधिक विद्यार्थी सहभागी गराएर अफिसियल वल्र्ड रेकर्डको प्रमाणपत्र कहिले प्राप्त गर्‍यो ? 

विसं २०८० पुस २ (सन् २०२३ डिसेम्बर १८)

‘अफिसियल वल्र्ड रेकर्ड’ संस्थाले २६ हजारभन्दा बढी मानिसको भौतिक उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न गरेको भन्दै त्रिविलाई विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरेको हो । 

४९ औँ दीक्षान्त समारोहमा १२ हजार ४१५ जना विद्यार्थी दीक्षित भएका थिए । 

७३ हजार छ सय विद्यार्थी दीक्षित हुन योग्य भएको भए पनि प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थीको सङ्ख्या भने १२ हजार ४१५ रहेको थियो । 

विसं २०१६ मा स्थापित सो विश्वविद्यालयमा हाल चार लाख ८२ हजार ५४१ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ५२ प्रतिशत छात्रा रहेका छन् । 


६. अपरेसन म्यान हन्ट भन्नाले के बुझिन्छ ? 

नक्कली डाक्टर पत्ता लगाउन नेपाल प्रहरीद्वारा सञ्चालित अभियान


७. कुन अवधिलाई सार्वजनिक विद्यालय सबलीकरण दशकका रूपमा घोषणा गरिएको छ ?

विसं २०७६–२०८५

८. प्रशासनमा ‘एक्स र वाइ’ को सिद्धान्त केसगँ सम्बन्धित छ ?

उत्प्रेरणा

९. द गोल्डम्यान इन्भाइरनमेन्टल प्राइज– २०२३ प्राप्त गर्ने व्यक्तित्व को हुन् ? 

जेफर किजिल्काया (टर्किए), एलेसान्ड्रा कोराप मुन्डुरुकु (ब्राजिल), चिलेक्वा मुम्वा (जाम्बिया), टेरो मस्टोनेन (फिनल्यान्ड), डेलिमा सिलालाही (इन्डोनेसिया) र डाइआन विल्सन (अमेरिका) 

द गोल्डम्यान इन्भाइरनमेन्टद्वारा प्रदान गरिने यस पुरस्कारलाई ग्रिन नोबेल भनेर पनि चिनिन्छ । 

ग्रासरुट तहमा वातावरण संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनेलाई प्रदान गरिने यस पुरस्कारको स्थापना सन् १९८९ मा भएको हो । पुरस्कार सन् १९९० देखि प्रदान गर्न थालिएको हो ।

भौगोलिक क्षेत्रका आधारमा छ जनालाई प्रदान गरिने यस पुरस्कारको राशि दुई लाख अमेरिकी डलर रहेको छ । 


१०. सिद्धार्थ गौतम बुद्धको धर्मपत्नी को हुन् ?

यशोधरा

यशोधराको जन्म रुपन्देही जिल्लाको पूर्वी क्षेत्रमा पर्ने कोलीय राज्यको देवदहमा भएको थियो ।

अमृता र सुप्पबुद्धको कोखबाट यिनको जन्म भएको थियो ।

सिद्धार्थ र यशोधराको कोखबाट एक छोरा राहुलको जन्म भएको थियो ।


११. एवेल प्राइज–२०२३ कसलाई प्रदान गरियो ? 

लुइस ए. क्याफारेली (अमेरिका)

गणित क्षेत्रको नोबेल पुरस्कारका रूपमा चिनिने यो पुरस्कार नर्वे सरकारद्वारा प्रदान गरिन्छ । 

यस पुरस्कारको स्थापना सन् २००१ मा भएको हो । 


१२. मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?

फादर विलियम बर्क

वर्कको कृति सही शब्दले विसं २०५१ मा मदन पुरस्कार प्राप्त गरेको हो ।

वर्कको सन् २०१९ नोभेम्बरमा निधन भएको थियो ।


१३. गोस्वारा हुलाकको पुरानो नाम के हो ?

नेपाल हुलाक घर


१४. अवाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले २०८० सालको षडानन्द राष्ट्रिय पुरस्कार कसलाई प्रदान ग¥यो ? 

प्राध्यापक विद्यानाथ उपाध्याय भट्ट

पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ । 

उपाध्याय भट्टले त्रिभुवन विश्वविद्यालय र तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय सेवामा रही चार दशकभन्दा बढी समय पूर्वीय दर्शन, तन्त्रशास्त्र र योगशास्त्रको अध्ययन, अध्यापन तथा साधनामा र संस्कृत विश्वविद्यालयको पहिलो शिक्षाध्यक्षका रूपमा शैक्षिक प्रशासनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । 

षडानन्द क्षेत्रीय पुरस्कार वरिष्ठ साहित्यकार एवं आख्यानकार परशु प्रधानलाई प्रदान गरिएको छ । 

यस पुरस्कारको राशि ५१ हजार रुपियाँ रहेको छ ।

प्रतिष्ठानले नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार, जैविक विविधता र पर्यावरण संरक्षण, भाषा तथा लोकसंस्कृतिलगायत क्षेत्रमा योगदान पु¥याउँदै आएका व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । 


१५. चिया बगानका श्रमिकलाई बस्नका लागि साहुले बनाइदिएको घरलाई के भनिन्छ ?

धुरा


१६. नेपालबाहिर बनेको पहिलो नेपाली चलचित्र कुन हो ?

सत्य हरिशचन्द्र

(यो नेपाली भाषाको पहिलो चलचित्र हो ।)


१७. शिक्षा एउटा निरन्तर गतिशील तथा विस्तृत प्रव्रिmया हो । यस भनाइले शिक्षाको कुन अर्थलाई सङ्केत गर्दछ ? 

शिक्षाको व्यापक अर्थ


१८. क्षेत्रफलका आधारमा सबैभन्दा ठुलो गाउँपालिका हुम्लाको नाम्खा (२४१९.६४ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो गाउँपालिका कुन हो ?

परवानीपुर (बारा), १५.४८ वकिमी

क्षेत्रफलका आधारमा सबैभन्दा ठुला पाँच गाउँपालिका क्रमशः नाम्खा (हुम्ला), मुगुम कार्मारोङ्ग (मुगु), फाक्ताङलुङ (ताप्लेजुङ), चुमनुब्री (गोरखा) र खुम्बु पासाङ ल्हामु (सोलखुम्बु)

क्षेत्रफलका आधारमा सबैभन्दा साना पाँच गाउँपालिका क्रमशः परवानीपुर (बारा), यमुनामाई (रौतहट), दुर्गाभगवती (रौतहट), विश्रामपुर (बारा) र प्रसौनी (बारा)


१९. चन्द्र धरातलमा पुग्ने पहिलो अन्तरिक्ष यान कुन हो ?

लुना–२


प्रस्तुतकर्ता : टङ्क केसी

Share:

केही बस्तुगत प्रश्नोत्तर


१. नेपाल आयल निगमले मुलुकभर युरो – ६ मापदण्डको इन्धन विक्री वितरण कहिलेदेखि सुरु गर्ने निर्णय गरेको छ ?
वि.सं. २०७६ चैत
२. अस्ट्रेलियामा सम्पन्न टी– २० महिला विश्वकप क्रिकेटको उपाधि कसले जित्यो ?
अस्ट्रेलिया
३. रिराइटेबल पेपरको विकास कुन देशका वैज्ञानिकले गरेका हुन् ?
चीन (सन् २०१८)
४. नेपाल सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना कहिलेदेखि सुरु गरेको हो ?
वि.सं. २०७५ मङ्सिर ११
५. सरकारले सामाजिक सुरक्षा दिवस मनाउने घोषणा कहिले गरेको हो ?
वि.सं. २०७५ मङ्सिर ११
६. विश्वमै पहिलोपटक स्पेस एलिभेटर (लिफ्ट) को परीक्षण कुन देशले गरेको हो ?
जापान (सन् २०१८ सेप्टेम्बर)
७. हाल निजामती सेवामा महिला प्रतिनिधित्व कति छ ?
२५.७६
८. सन् २०२० मार्चमा प्रदान गरिएको इन्टरनेसनल कम्युनिकेसन अवार्डबाट सम्मानित व्यक्तित्व को हुनुहुन्छ ?
लक्ष्मणदत्त पन्त
९. बहुमूल्य धातु सुनलाई निक्षेपका रूपमा राख्न पाइने व्यवस्था नेपाल राष्ट्रबैङ्कले कहिले गरेको हो ?
 वि.सं. २०७६ फागुन २२
१०. राष्ट्रिय कलाश्री पुरस्कार (२०७६) कसलाई प्रदान गरियो ?
 साहित्यकार गणेश रसिक (पुरस्कार राशिः रु. एक लाख)
११. देउकेटा प्रथा कहाँ छ ?
 दैलेख
१२. बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन हालै कहाँ सम्पन्न भयो ?
नेपाल (सन् २०२० मार्च)
१३. मुलुकको सबैभन्दा ठूलो सौर्य विद्युत् आयोजना कहाँ छ ?
नुवाकोट
१४. संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति स्थापना कार्यका लागि सुरक्षाकर्मी पठाउने मुलुकमा नेपाल कतिऔँ स्थानमा छ ?
चौथो
१५. हाल ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एवं औषधि खर्चवापत मासिक कति रकम प्रदान गर्ने गरिएको छ ?
रु. दुई हजार (सामाजिक सुरक्षा भत्ता एक हजार र औषधि उपचार खर्च एक हजार)
१६. द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए ?
वि.सं. १६१६ भदौ २५
१७. बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कार्यालय कुन मन्त्रालय अन्तर्गत स्थापना गर्ने भएको छ ?
अर्थ मन्त्रालय (बौद्धिक सम्पत्तिसम्बन्धी एकीकृत नीतिमार्फत अर्थ मन्त्रालय अन्तर्गत रहने गरी बौद्धिक सम्पत्ति कार्यालय स्थापना गरिने भएको छ नेपालले नयाँ संविधानमार्फत बौद्धिक सम्पत्तिको अवधारणालाई संवैधानिक रूपमा नै अङ्गीकार गरेको )
१८. ‘एजेण्डा फर डेभलप्मेन्ट ’ नामक विकाससम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने राष्ट्रसङ्घका तत्कालीन महासचिव डा. बुत्रोस बुत्रोस घाली हुन् भने सुधारसम्बन्धी क्वाइट रिभोल्युसन नामक प्रतिवेदन प्रस्तुत गर्ने महासचिव को हुन् ?
कोफी अन्नान
१९. शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ?
सन् २०१६ सेप्टेम्बर १९
२०. जलविद्युत् क्षेत्रको विकासमा विदेशी लगानी भिœयाउन अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्दा हुने जोखिम न्यूनीकरण गर्न स्थापना गरिएको फण्डलाई के भनी चिनिन्छ ?
हेजिङ फन्ड
२१. एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वनक्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेश भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ?
पू्रक वातावरणीय प्रभाव मूल्याङ्कन
२२. चुम्बकले आफ्नो वरिपरि रहेको चुम्बकीय वस्तु वा अर्को चुम्बकलाई असर पार्न सक्नेसम्मको क्षेत्रलाई के भनिन्छ ?
चुम्बकीय क्षेत्र (शक्तिशाली चुम्बकको चुम्बकीय क्षेत्र ठूलो र कमजोर क्षेत्र सानो हुन्छ)
२३. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
वि. सं. २००२ असोज १
२४. पहिलोपटक कुसुन्डा भाषाको पढाइ औपचारिक रूपमा कहाँ सुरु गरिएको छ ?
लमही (दाङ)
२५. चुरे संरक्षणका लागि २० वर्षे गुरुयोजना मन्त्रिपरिषद्ले कहिले स्वीकृत गरेको हो ?
वि.सं. २०७४ जेठ ४ (नाराः चुरेको पानी चुरेलाई, स्वच्छ पानी सबैलाई)
२६. प्रसिद्ध भाजुपोखरी कहाँ छ ?
भक्तपुर (१२औँ शताब्दीमा निर्माण भएको)
२७. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?
सन् १९९८
२८. ‘तेक्वान्दो क्विन’ का नामक चिनिने नेपाली खेलाडी को हुन् ?
संगिना बैद्य
२९. युरोपेली सङ्घको प्रधान कार्यालय कहाँ छ ?
बेल्जियमको ब्रसेल्स
३०. विश्व वन्यजन्तु कोषको प्रधान कार्यालय कहाँ छ ?
स्वीट्जरल्यान्ड

Share:

Arithmetical Reasoning Questions

Type 1 : 
हरेकले हरेकसँग हात मिलाउने, कुनै खेलमा विजयी घोषित हुन हरेकले हरेकसँग प्रतिस्पर्धा गर्नुपर्ने खाले समस्याहरु :
यस्ता समस्याको समाधानको लागि निम्न सूत्र प्रयोग गर्ने,
जम्मा संख्या = n(n-1)/2 जहाँ n= जम्मा मानिस संख्या वा जम्मा सहभागी टिमको संख्या ।
उदाहरण
१. कुनै एउटा खेलकुद प्रतियोगितामा १० टिमले भाग लिएका थिए । खेलको नियम अनुसार हरेक टिमले हरेक टिमसँग खेल्नुपर्दछ भने कतिवटा खेल खेलिए होलान् ?
समाधान : खेलिएका जम्मा खेल  (Sn) =      n(n-1)/2 = 10×9/2 = 45
२. कुनै खेलकुद प्रतियोगितामा हरेक टिमले हरेक टिमसँग खेल्नुपर्ने नियम अनुसार खेल खेल्दा जम्मा 66 वटा खेल भए भने कतिवटा टिमले भाग लिएका रहेछन् ? (10, 12, 14, 16)
समाधानः यस्तो प्रश्नमा विकल्प (option) बाट उपरोक्त सूत्र प्रयोग गरी जम्मा संख्या निकाली जाँच गर्ने
यहाँः पहिलो विकल्प 10 राख्दा,
Sn= 10× 9/2= 45
दोस्रो विकल्प 11 राख्दा,
Sn = 11×10/2=55
तेस्रो विकल्प 12 राख्दा,
Sn= 12 × 11/2=66
तसर्थ विकल्प 66 ठिक छ ।
Practic Questions
१. कुनै खेलमा 5 विद्यार्थी सहभागी भए, तिनीहरुले एकआपसमा सबैसँग खेल्नुपर्ने भयो भने जममा कतिवटा खेल भयो होला ?
a) 9  B) 10       c)  24   d)  30
२. कुनै विवाह भोजमा प्रत्येकले प्रत्येकसँग हात मिलाउँदा त्यहाँ जम्मा 820 पटक हात मिलाउने काम भयो भने त्यस भोजमा कूल कति जना सहभागी थिए?
a) 40   b)  41  c) 42   d) 45
३.  राष्ट्रिय फूटबल लिग प्रतियोगितामा 10 टोलीले भाग लिइरहेका छन् । यदि हरेक टिमले आपसमा 2 पटक खेल खेल्नुपर्दछ भने विजयी टिम घोषित गर्न कति वटा खेल खेलिनुपर्छ ?
a) 45         b) 55        c)  90             d) 100
Type 2 :
चारखुट्टे जनावर र दुई खुट्टे जनावरको टाउको र खुट्टाको सम्बन्धसँग सम्बन्धित समस्याहरुः
उदाहरण
१. कुनै कोठामा केही गधा र केही कुखुराहरु रहेका छन् । यदि खुट्टाको संख्या टाउकाको संख्याको दोब्बर भन्दा 16  ले बढी छ भने गधाको संख्या कति होला ?
समाधानः गधाको संख्या = दोब्बरभन्दा बढी भएको संख्या /2 = 16/2 = 8 
२. कुनै कोठामा रहेका गधा र कुखुराको टाउकाको संख्या गन्दा 20 र खुट्टाहरु गन्दा 64 छ भने उक्त कोठामा कति वटा गधा रहेका छन् ? कतिवटा कुखुराहरु रहेका छन् ?
समाधानः सूत्रानुसार चारखुट्टेको संख्या=L/2-H
(जहाँ : L= no. of legs, H= no.of heads )
=64/2-20=12 
फेरि, दुई खुट्टेको संख्या = 20-12=8
३. कुनै खेलकुद प्रतियोगितामा 10 टिमले भाग लिएका थिए, तिनीहरुले एक आपसमा सबैसँग खेल्नुपर्ने भयो भने जम्मा कतिवटा खेल भयो होला ?
a) 28  b) 20    c) 36   d)  45
Practice Question
१. गाई र कुखुराको एक समूहमा जम्मा खुट्टाहरुको संख्या जम्मा टाउकाहरुको संख्याभन्दा दुई गुणा र 16 ले बढी छ भने त्यस समूहमा गाईको संख्या कति होला ?
a) 10    b) 6      c) 8   d) 12
२.  एउटा समूहमा केही बाख्रा र कुखुरा रहेका छन् । त्यो समूहमा खुट्टाको संख्या टाउकाको संख्याभन्दा दोब्बरभन्दा 20 ले बढी छ भने बाख्राको संख्या कति होला ?
a) 10     b) 15    c) 20   d) 12
३.  कुनै कोठामा रहेका गधा र कुखुराहरु टाउकोको संख्या गन्दा 10 र खुट्टाको संख्या गन्दा 24 छ भने उक्त कोठामा कतिवटा कुखुराहरु रहेका छन् ?
a)  6  b)  10  c)  8  d)  12
Some other Questions – Arithmatic Reasoning
1. A, B, C, D, E,F, G पोलहरु क्रमशः 1-1 मिटरले घट्दो क्रममा राखिएको छ । A र B को बीचको दुरी 10m  छ । बीचको कुनै एक पोल हटाइयो र बाँकी पोललाई बराबर दुरीमा राखियो भने कति मिटर दुरी हुन्छ ?
a) 10m   b)  15m   c) 9m   d) 5m
2.  केही विद्यार्थीहरु पिकनिक जाने र रु.  80000  खर्च गर्ने योजना बनाएका थिए । तर अन्तिम समयमा 6 जनाले पिकनिक जाने कार्यक्रम रद्द गरेकोले पिकनिक जाने बाँकी प्रत्येकले रु. 300 थप खर्च व्यहोर्नुपर्यो भने अन्तिममा पिकनिकमा कति जना सहभागी भए ?
a) 8      b)  9     c)   10 d) 12
3.  प्रमिला 31  बाट क्रमशः तलका नम्बरहरु गन्दै छिन् । रमिला 1 देखि क्रमशः विजोर संख्याहरु गन्दै छन् । यदि दुवै जनाको उच्चारण गर्ने समयको दर उस्तै भएमा कुन अंक सँगै गन्न पुग्दछन् ।
a) 21    b) 22     c)  18   d)  कहिल्यै सँगै गन्दैनन् ।
4. एउटा त्यस्तो संख्या पत्ता लगाउनुहोस् , जसलाई त्यसको वर्ग संख्यासँग जोड्दा 90 हुन्छ ?
a) 8    b)  9  c) 10 d) 11
5. 14m अर्धव्यास भएको एउटा वृत्ताकार पोखरीको वरिपरि 44 जना मानिसहरु बराबर दुरीमा उभिएका भए उनीहरु बीचको दुरी कति हुन्छ ?
a) 1m     b)  2m c) 2.5m  d) 3m
6. 25m  लामो पेलमा 6 जना मानिसहरु बराबर दुरीमा उभिएका भए उनीहरु बीचको दुरी कति होला ?
a) 4m    b)  5m      c)   10m   d) 11m
7. एउटा टेलिफोन सेटमा भएका सबै संख्याको गुणनफल कति हुन्छ ?
a)158480 b)  159480 c)  159450   d)  0
8.  विद्यालयको युनिफर्म ड्रेसको कमिज भन्दा पाइन्ट रु 100 ले महँगो छ । पाइन्ट र कमीजको जम्मा मूल्य रु 475 पर्छ भने पाइन्टको मूल्य निकाल्नुहोस् ।
a) 187.50              b) 287.50    c) 745     d) 475
9.  कुनै चौरमा 8 वटा हाँस, 12  वटा गाई र 10 वटा घोडा रहेका छन् । तिनीहरुको रेखदेख गर्नका लागि केही मानिसहरु समेत उक्त चौरमै रहेका छन् । यदि सबै टाउको र खुट्टाको गणना गर्दा टाउको भन्दा खुट्टा 78  ले बढी भए मानिसको संख्या कति होला ?
a) 6         b)  5       c)  4     d)  7
10. केही मानिस र घोडाहरु रारा तालतर्फ जाँदै छन् । घोडा र मानिसको संख्या बराबर छ । कूल मानिसमध्ये आधा घोडा मालिकहरु घोडामा बसेका छन् । बाँकी घोडालाई डोर्‍याउँदै छन् । यदि हिडिरहेका खुट्टाको संख्या 100 भए मानिसको संख्या निकाल्नुहोस् ।
a)  16  b) 18    c) 20   d) 22
11. शंकर आफ्नी श्रीमतीलाई सधैं साँझ 5:00 बजे बसपार्कमा लिन कार लिएर पुग्दछ । तर आज उनी 4:00 बजे नै बसपार्क आइ पुगिन र बसपार्कमा  5:00 बजेसम्म श्रीमान्लाई पर्खनुको सट्टामा आफ्नो  घरतर्फ पैदल हिड्न शुरु गरिन् । उनको  श्रीमान् सधैजसो समयमा घरबाट हिडे र बाटामा श्रीमतीलाई भेट्टायो उनीहरु घर सधै भन्दा 10  मिनेट अघि पुगे । ती महिला बसपार्कबाट कति समय पैदल हिडिन् ?
a) 50 मिनेट  b) 55 मिनेट  c)40 मिनेट  d) जानकारी अपूर्ण
12.  विनोद 30  कि.मि. प्रतिघण्टाको दरले दौडिन्छ भने उसले 10 मिनेटमा कति दुरी पार गर्छ ?
क) 2000 मिटर ख) 100 मिटर   ग) 5000 मिटर   घ) 1000 मिटर
13. एउटा माकुरो प्रति घण्टा 3 फिट माथि जान्छ र 20 मिनेट आराम गर्दछ । आरामकै क्रममा 2 फिट तल ओलिदो रहेछ भने त्यसलाई 10  फिटको खम्वा पार गर्न कति सम्म लाग्ला ?
क) 10:30  ख) 10:20  ग)  10:10  घ)  10:40
14.  एउटा शिकारीलाई एक जनाले सोध्यो : तिम्रो झोलामा कति वटा चराहरु छन् ? उसले जवाफ दियो : यहाँ 6 बाहेकको अरु सवै भंगेरा छन् 6 बाहेकका अरु सवै सुँगा छन् 6 बाहेकका अरु सवै हाँस छन् । अव भन्नुहोस उसको झोलामा जम्मा कति चराहरु थिए ?
क) 9 वटा  ख) 18  वटा  ग) 27  वटा  घ) 36  वटा
15. यदि एउटा लठ्ठीको लम्वाइको 1/3  भाग निलो रंग र 1/4 भाग रातो रंगले रंगाइएको छ र 15 मिटर हरियो रंगले रंगाइएको छ भने उक्त लठ्ठीको कुल लम्वाई कति होला ?
क) 36 मि. ख) 38 मि. ग) 41 मि. घ) 49 मि.
16. कुनै विश्वविद्यालयमा छात्राको संख्या शिक्षको संख्याभन्दा दोब्बर छ र छात्रको संख्या छात्राको संख्याको तेब्बर छ । अव भन्नोहोस उक्त विश्वविद्यालयमा जम्मा शिक्षक सहितको जम्मा संख्या कति होला ?
a) 12000    b) 10800    c) 11000    d) 15000
17. 100 बाघले 100 बाख्रा 100 मिनेटमा मार्छ भने 4 बाघलाइ 4 बाख्रा खान कति समय लाग्ला ?
a) 1   b)  4   c) 40  d) 100
18. 8 को तीन गुणामा 20 घटाउदा कति हुन्छ ?
a) 1     b)  2  c)  3   d) 4
19.  25 र 15 को योगफलबाट छ को वर्ग संख्या घटाउदा कति हुन्छ ?
a) 15 b)  16  c)  17  d) 18
20. त्यो सबैभन्दा सानो संख्या बताउनुहोस् जसले 3920  लाई गुन्दा गुणनफल पूर्ण वर्ग हुन्छ ?
a)  4   b)   5  c)  6  d)  7
21. 4 अंकले बनेको सबभन्दा ठूलो र सबभन्दा सानो संख्याको फरक निकाल्नुहोस् ।
a) 9999         b) 1000            c) 899       d) 0
22 . एउटा झोलामा रहेको जम्मा रु 510  रुपैयाँको रु. 50, रु. 25 , रु.20 का नोटहरु 2:3:4 को अनुपातमा छन् भने पचासको नोट कति वटा होलान् ? पत्ता लगाउनुहोस् ।
a) 10    b) 8    c) 6    d) 4
23.  एउटा कक्षामा केटाको संख्या केटीको संख्याको तेब्बर छ । तलकामध्ये कुन संख्याले कक्षाको कूल संख्यालाई प्रतिनिधित्व गर्न सक्तैन ?
a) 48    b)  44  c)  45   d) 40
24.  कुनै एक मन्दिर जाने बाटोमा २८ वटा खुड्किलाहरू छन् । शुृरुमा विनोद र हरी क्रमशः अठाइसौं खुट्किला र पहिलो खुड्किलामा छन् । विनो सधैँ दुई खुट्किला तला आउँछ र हरी सधैँ एक खुट्किला माथि जान्छ । यसरी चढ्ने ओर्लने क्रमशः तिनीहरूले एकसाथ शुरु गर्छन् र तिनीहरूको गति सामान राख्दछन् भने तलबाट कति औँ खुट्किलामा तिनीहरूको भेट हुनेछ ?
a)9th    b) 10th   c) 14th   d) None of these
साभार- प्रशासन
Share:

समसामयिक सामान्य ज्ञान सम्बन्धी प्रश्न उत्तरहरु

१. “कोन्ज्योसोम पदमार्ग कुन ठाउँमा निर्माण गरिएको छ ?
उत्तरः ललितपुर जिल्लाको सुदुर दक्षिण क्षेत्रमा
२. गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ कसलाई प्रदान गरियो ?
उत्तरः पुण्य पौडेल
३. भिजिट नेपाल २०२० को मस्कटमा के को प्रतिक चिन्ह राखिएको छ ?
उत्तरः हिममानव यति (कलाकार आङछिरिङ शर्पाले डिजाइन गरेका हुन् ।)
४. विश्व हाँसो दिवस कहिले मनाइन्छ ?
उत्तरः हरेक वर्ष मे महिनाको पहिलो आइतबार
५. Biochips कुन पुस्ताको स्वीचिङ डिभाइस हो ?
उत्तरः पाँचौं पुस्ता
६. काओलिन भनेको के हो ?
उत्तरः शुद्ध सेतो माटो
७. वंगालको खाडीबाट मे ३ मा भारतको उत्तरपूर्वी तटीय राज्य उडिसा प्रवेश गरेको समुन्द्री आँधीको नाम के राखिएको थियो ?
उत्तरः फानी
८. प्रदेश १ को स्थायी राजधानी विराटनगर कहिले तोकिएको हो ?
उत्तरः वि.सं. २०७६ बैशाख २३ गते
९. गडहरे गुफा कुन जिल्लामा पर्दछ ?
उत्तरः स्याङ्जा
१०. कपरकट्टी ताल कुन जिल्लामा पर्दछ ?
उत्तरः रुपन्देही
११.National ICT Award – 2019 कसलाई प्रदान गरियो ?
उत्तरः नेपाल प्रहरी
१२.नेपालमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधी दिवस कहिले मनाइन्छ ?
उत्तरः मे २ तारिख
१३.“गोलफुले गुफा (गोलफुले ओडार पनि भनिन्छ)कुन जिल्लाको कहाँ पर्दछ ?
उत्तरः गुल्मी रुरु गाउँपालिका-१, भट्कुवा गुल्मी (२०४६ सालमा पत्ता लागे पनि यसको लम्वाइ हाल सम्म पनि पत्ता लागेको छैन)
१४. जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा को हुन् ?
उत्तरः सम्राट नारुहितो (जापानको राजगद्दीलाई क्रिसेन्थिसमम थ्रोन भनिन्छ ।)
१५. श्रीलंकाले अनुहार छोपिने खालको सवै प्रकारको कपडा (वुर्का) लगाउन कहिले देखि प्रतिवन्ध लगायो ?
उत्तरः सन् २०१९ अप्रिल २९
१६.  नेपाल टेलिकमले कहिले देखि भारत र चीनमा रोमीङ सेवा सञ्चालन गर्‍यो ?
उत्तरः २०७६ वैशाख १६
१७.  शैक्षिक सत्र २०७६ का लागि वैशाख १ बाट सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानको आदर्श वाक्य के रहेको छ ?
उत्तरः हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऔं।
१८. भष्ट्राचारको आरोप लागे पछि पेरुका पूर्वराष्ट्रपति ऐलेन गार्सिया (ल्याटिन अमेरिकाको केनेडी भनेर चिनिन्छ) ले कहिले आत्महत्या गरे ?
उत्तरः सन् २०१९ अप्रिल १७
१९.फ्रान्सको पेरिस स्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्रडाम क्याथेड्रल चर्चमा भीषण आगलागी कहिले भयो ?
उत्तरः २०१९ अप्रील १५
२०. विश्व खाद्य सुरक्षा दिवस २०१९ को नारा के थियो ?
उत्तरः खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता (२०१९ देखि जुन ७ तारिख विश्व खाद्य दिवस मनाउन थालिएको छ यसभन्दा पहिले अक्टोवर १६ मा मनाइन्थ्यो )                         
२१. कुन आर्थिक वर्षको बजेट देखि लोपोन्मुख जातीका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको हो ?
उत्तरः आ.व. २०६६/६७ देखि
साभार- प्रशासन
Share:

लोकसेवा बस्तुगत प्रश्नोत्तर

१. आर्थिक वर्ष २०७५/७६ अनुसार सन् २०१८ मा नेपाल भ्रमण गर्ने पर्यटक कति थिए ?
– ११ लाख ७३ हजार ७२ जना
२. ‘ लोलुफेरा अभियान’ केसँग सम्बन्धित छ ?
– पदयात्रा
३. श्रीलंकामा आयोजित ‘सार्क फिल्म फेस्टिभल २०१९ मा ‘पर्फर्मर अवार्ड’ जित्ने नेपाली अभिनेत्री को हुन् ?
– स्वस्तिका खड्का
( सन् २०१९ जुलाई २ देखि ७ सम्म श्रीलङ्कामा आयोजित फेस्टिभलमा स्वस्तिमाले बुलबुल फिल्मबाट सो अवार्ड जितेकी ।  नेपालबाट बुलबुल सहित ‘प्रसाद’ र ‘हरि’ गरी तीन फिल्मको प्रतिनिधित्व रहेको ।)
४. हालै राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा कसलाई नियुक्त गरियो ?
– रमेश सिलवाल (वि.स. २०७६ असार २३)
५. फ्रान्सको लियोनमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
– अमेरिका ( नेदरल्यान्डलाई पराजित गर्दै अमेरिकाले उपाधि जितेको । उवाधि विजेता अमेरिकी टिमले ४० लाख डलर पुरस्कार प्राप्त गरेको । उत्कृष्ट प्रदर्शन गर्ने स्टार मेडन रापिनोले गोल्डेन बुट र गोल्डेन बल प्राप्त गर्न सफल )
६. विश्व शान्ति सूचकाङ्क २०१९ अनुसार नेपाल कतिऔं स्थानमा छ ?
– ७६ औं
७. अमेरिकाले आफ्नो नागरिकलाई क्युबाको भ्रमणका लागि प्रतिबन्ध कहिलेदेखि लगाएको हो ?
– सन् २०१९ जुन ४ ।
८. नेपाल गुणस्तर तथा नापतौल विभागले ‘ट्याङ्कर क्यालिब्रेसन टावर’ को निर्माण कहाँ गरेको छ ?
– हेटौंडा ।
९. नेपाली भाषा प्रयोग गरी एटीएम कार्डबाट कारोबार गर्न सकिने व्यवस्था मिलाउन राष्ट्र बैङ्कद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई कहिले निर्देशन दिइएको हो ?
– वि.स. २०७६ जेठ ५
१०. नेपालमा पर्यटन सूचना केन्द्रको स्थापना कहिले र कहाँ गरिएको हो ?
– वि.स. २०७६ असार १७, ठमेल काठमाडौं
११. प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई चिकीत्सकीय सेवा उपलब्ध गराउन स्थानीय रुपमा सञ्चालित कार्यक्रमलाई के भनी चिन्न्छि ?
– अपरेसन नाइटिङ्गेल ।
१२. किराँत सङ्ग्रहालय कहाँ छ ?
– खोटाङ्को हलेसी
१३. सन् २०१९ मा जी–२० राष्ट्रको सम्मेलन कहाँ सम्पन्न भएको हो ?
– जापानको ओसाकामा
१४. दक्षिण कोरियाको कङनामा विश्वविद्यालयद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि उपाधि कहिले प्रदान गरियो ?
– वि.स. २०७६ जेठ १५
१५. प्रथम आर्थिक गणनाको नतिजा कहिले सार्वजनिक गरियो ?
– वि.स. २०७६ असार १६
१६. सार्क राष्ट्रहरुमा सबैभन्दा बढी वन क्षेत्र भएको राष्ट्र कुन् हो ?
– भुटान
१७. विश्वको कूल भूभागमा वन क्षेत्रले ओगटेको भूभाग कति छ ?
– ३०.८
१८. डुइङ बिजनेस रिपोर्ट – २०१९ अनुसार नेपाल कतिऔं स्थानमा छ ?
– ११० औं
१९. मोरङ पूर्ण साक्षर जिल्ला कहिले घोषित भएको हो ?
– वि.स. २०७६ असार २१
साभार- प्रशासन
Share:

सामान्य बौद्धिक परीक्षण

१. दिएको अनुक्रम-Series मा प्रश्न चिनह (?) भएको ठाँउमा कुन विकल्प ठीक हुन्छ ? (In the given series, what number should be in the place of (?) mark?)
120, 99, 80, 63, 48,?
(A) 35 (B) 38 (C) 39 (D) 40
२. दिएको Analogy मा (? ) चिन्ह लाई विस्थापन गर्ने उपयुक्त विकल्प छनौट गर्नुहोस । (Find out the alternative which will replace the question mark?).
नदी : किनार :: समुन्द्र : ?
(A) बालुवा (B) छाल (C) तट (D) तरंग
३. प्रश्न चिन्हलाई प्रतिस्थापन गर्न सक्ने उपयसक्त विकल्प छनौट गर्नुहोस । (Find out the alternative which will replace the question mark)
8: 24:: ? : 32
(A) 5 (B) 6 (C) 10 (D) 8
४. तलको मध्ये कुन विकल्पले प्रश्न चिन्हलाई प्रतिस्थापन गर्न सक्छ ?
– Which number replaces the question mark?
 
(A) 7 (B) 8 (C) 9 (D) 10
५. REASON लाई कुनै कोड भाषामा SFBTPO लेखिन्छ भने THINK लाई के लेखिन्छ ? (In any coded language REASON is written as SFBTPO. Then what will written for THINK)
(A) SGHMJ (B) UIJOL (C) UHNKI (D) UJKPM
६. खाली ठाउँमा कुन चाहिँ विकल्प उपयुक्त हुन्छ ?
(Find out the alternative which alternative will fill the space of question mark)
(A) 41 (B) 64 (C) 35 (D) 61
७. प्रश्नचिन्ह (?) भएको ठाउँलाई प्रतिस्थापन गर्ने उपयुक्त अंक छान्नुहोस् । (Find out the number that will replace the place of question mark)
(A) 5 (B) 6 (C) 7 (D) 8
८. तल दिइएका चित्रहरूमध्ये एउटा अरुभन्दा फरक छ । तर अरु सबै समान छन् । उक्त फरक चित्र कुन चाहिँ हो ? पत्ता लगाउनुहोस् । ( In the following figure one is different from other find out the different figure)
(A) 1 (B) 2 (C) 3 (D) 4
९. तलको कुन भेन चित्रले अग्लो मानिस (Tall man), कालो कपाल भएका मानिस(Black haired people) र नेपाली (Nepalese) बीचको सम्बन्धलाई देखाउँछ ? (Which of the following diagrams indicates the best relation between Tall man, Black haired people and Nepalese?)
१०. दिइएको चित्र मेट्रिक्स पूरा गर्नुहोस् ।
– Select a suitable figure from the four alternatives that would complete the figure matrix.)
(A)1 (B)2 (C)3 (D)4
११. तलका कुन–कुन चित्रलाइ मिलाउदा पूर्ण वर्ग (complete square) बन्दछ ? (Select the alternative which would form a complete square.)
(A)123 (B)234 (C)124 (D)245
१२. एउटा चिडियाखानामा केही मृग र सुगा रहेका छन । उनीहरूको टाउको गन्दा 80 पुग्छ र खुटा गन्दा 200 पुग्छ भनेजम्मा कति वटा सुगा रहेछन् ? (There are deer and peacocks in a zoo. By counting heads they are 80. The number of their legs is 200. How many peacocks are there?)
(A) 20 (B)30 (C)50 (D) 60
१३. व्यापारिक सम्मेलनको अन्त्यमा 10 जना मानिसले एक आपसमा हात मिलाउदा जम्मा कतिपटक हात मिलाईन्छ ? (At the end of a business conference the ten people present all shake hands with each other once. How many handshakes will there be altogether?)
(A) 20 (B) 45 (C) 55 (D)90
१४. मान पत्ता लगाउनुहोस् (Evaluate) :
(A) 2 (B) 4 (C) 6 (D) 8
१५. एउटा मानिसले रु. 1400 मा किनेको एउटा साइकल 15% घाटा खाएर बेच्यो भने त्यो साइकलको विक्रय मुल्य कति हो ? ( A man buys a cycle for Rs. 1400 and sells it at a loss of 15%. What is the selling price of the cycle?)
(A) Rs. 1090 (B)Rs. 1160 (C)Rs. 1190 (D) Rs. 1202
१६. A / B ले एउटा काम 7 दिनमा गरि सक्छन् । B भन्दा A ले □(1 3/4) गुणा काम छिटो गर्न सक्छ । उक्त काम A एकलैले कति दिनमा गरि सक्छ ? (A and B complete a work in 7 days, If B can finish the work in□(1 3/4) Than A. in how many days A only will complete the work ?)
१७. सन् २०१८ जनवरी १ मा के बार पर्छ ? (Which days of week will be in 2018 January 1)
(A) Sunday (B) Monday (C) Friday (D) Wednesday
१८. एउटा डाइसका विभिन्न चार अवस्थाहरू दिएको छ । घ को विपरितमा कति अंक हुन्छ ? -Four positions of deice are given. Find out which number lies in opposite of 3? 
(A) 6 (B) 4 (C) 3 (D) 2
19. एउटा विद्यार्थीले उसका सुरुका चारवटा परिक्षामा औसत N अंक प्राप्त गर्‍यो । यदि उसले पाँचौ परीक्षामा पहिलाको औसत भन्दा 20 अंक बढायो भने सबै (पाँचैवटा) परिक्षाको औसत अंक कति हो ? ( A student secures N marks in first 4 subjects. If he increase his average marks by 20 in next subject. Find out average of all five subjects. )
(A) N + 20 (B) N + 10 (C) N + 4 (D) N + 5
20. राजु र प्रतिकको उमेरको अनुपात 3:5 छ । तिनीहरूको उमेरको योग 80 वर्ष छ । 10 वर्ष पछि तिनीहरूको उमेरको अनुपात कति हुन्छ ? (The ratio of age of Raju and Prateek is 3:5. The sum of their age is 80 years. After 10 years what will be the ratio of their age?)
2:3 (B) 1:2 (C) 3:2 (D) 3:5
२१. चित्र -X) मा जस्तै थोप्लाहरू कुन चित्रमा राख्न सकिन्छ ? (Select the figure which satisfies the same conditions of placement of the dots as in Figure-X.)
(A) 1 (B) 2 (C) 3 (D) 4
२२. AABABCABCDABCDE …………. को 100 औं अक्षर के हुन्छ ? (In Sequence AABABCABCDABCDE… which letter occupies 100th position?)
(A) M (B) N (C) K (D) I
२३. एकजना मानिस 5 किलोमिटर दक्षिण तर्फ जान्छ र दाइने फर्कन्छ । त्यसपछि उ 3 किलोमिटर अगाडी बढेर देव्रे तर्फ फर्किन्छ र 5 किलोमिटर अगाडी जान्छ । भने अव उ सुरु विन्दुबाट कुन दिशातर्फ छ ? – A man walks 5 km toward south and then turns to the right. After walking 3 km he turns to the left and walks 5 km. Now in which direction is he from the starting place?)
(A) West (B) South (C) North-East (D) South
२४. दिएको चित्र -X_ मा रहेको आकार पुरा गर्ने विकल्प छनौट गनुहोस् । – Identify the figure that completes the pattern)
(A) 1 (B) 2 (C) 3 (D) 4
२५. कुनै कक्षामा 50 जनाविद्यार्थीहरुले निम्नलिखित अंकपाएका छन् । उक्त तथ्यांकबाट औसत निकाल्नुहोस् ।  (In iny class 50 students secured following marks. Find out average.)
(A) 20.2 (B) 25.2 (C) 30.2 (D) 35.2

उत्तर कुन्जिका

साभार प्रशासन
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages